Section 43
समितिको काम, कर्तव्य र अधिकार
: यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क)  सहकारीका मूल्य, मान्यता र सिद्धान्त बमोजिम सहकारी संस्थाको सञ्चालन गर्ने,
(ख)  आर्थिक तथा प्रशासकीय कार्य गर्ने, गराउने,
(ग)  प्रारम्भिक साधारण सभा, वार्षिक साधारण सभा तथा विशेष साधारण सभा बोलाउने,
(घ)  साधारण सभाका निर्णयहरू कार्यान्वयन गर्ने, गराउने,
(ङ)  सहकारी संस्थाको नीति, योजना, बजेट तथा वार्षिक कार्यक्रमको तर्जुमा गरी साधारण सभा समक्ष पेश गर्ने,
(च)  सहकारी संस्थाको सदस्यता प्रदान गर्ने तथा सदस्यताबाट हटाउने,
(छ)  शेयर नामसारी तथा फिर्ता सम्बन्धी कार्य गर्ने,
(ज) सम्बन्धित सङ्घको सदस्यता लिने,
(झ)  विनियम तथा आन्तरिक कार्यविधि तयार गरी साधारण सभामा पेश गर्ने,
(ञ) सहकारी संस्थाको कार्यक्षेत्रभित्र रही सहकारी संस्थाको कारोबार र व्यवसायको हित प्रवर्द्धनको लागि आवश्यक कार्य गर्ने, गराउने,
(ट)  तोकिए बमोजिमका अन्य कार्य गर्ने ।